नेपालको सुनचाँदी बजारमा तरंग सिर्जना, छुट दिन पाइने कि नपाइने ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढिरहेको छ । केहि महिनायता मूल्य निकै आकाशिन पुगेको हो ।
मूल्य निरन्तर बढ्दै जाँदा सुनको कारोबार समेत घटिरहेको छ ।

बजारमा सुनका गरगहना किन्नेहरुमा कमी आएको छ । यसलाई नै लिएर रिद्धि सिद्धि ज्वलर्सले नयाँ अफर जारी गर्यो । जुन अफरले सिंगो बजारमै तरंग सिर्जना गरेको हो ।

प्रतितोला १० देखि १२ लाल जर्ती कटौती भैरहेकोमा  छुट दिने घोषणा गरेको छ । साथमा ७ प्रतिशत मात्रै ज्याला राखेर गहना दिने बताएको छ ।

जर्ती र ज्यालाको विषय सुनका गहना निर्माण हुने सुनचाँदी पसलहरु यो प्रश्न निकै अघि देखिको हो । जर्ती कति कटौती हुन्छ ? कसरी कटौती हुन्छ ? यो सर्वसाधारणलाई निकै चासो हुँदै आएको विषय समेत हो ।

एउटा स्थापित पसलले जर्ती घटाउँछु भन्दा अहिले अन्य पसलहरुले कि सिण्डिकेट तोडियो भन्ने आशयमा विरोध भैरहेको हैन सर्वसारधाणको चासो छ ।

रिद्धि सिद्धि ज्वेलर्सका संचालक नरेन्द्र गुप्ताले भने सिंगो बजार प्रति नै प्रश्न गरेका छन् ।

उनले सुनचाँदी व्यवसयाी उपभोक्ताको हितका लागि असार १५ गतेसम्म सुनको गहना बनाउने ज्यालामा पनि अधिकतम छुट दिएर ७ प्रतिशत मात्रै ज्याला जोड्ने घोषणा गरेका बताएका छन् ।

उनी भन्छन्, ‘एक स्वतन्त्र व्यवसायीले उपभोक्ताको हितमा काम गर्नु कदापि गलत होइन, हामीले स्वतन्त्र तरिकाले व्यवसाय गर्न पाउनुपर्छ ।’

उनले नेपालको वार्षिक सुन खपतको हिसावले ३ हजार ६ सय ५० जर्ती नै कटौति भएको देखिएको छ ,
यो साच्चै होला त भनेर यस क्षेत्रलाई नै प्रश्न गरेका हुन् ।

यसले सोझा कालिगडका नाममा अपारदर्र्शी जर्ती लिएर कर छली तथा उपभोक्तालाई ठगी भैरहेको उनको भनाई छ ।

उनी भन्छन्,‘ व्यवसायीका हितका लागि खडा गरिएको महासंघको लेटरप्याड दुरुपयोग गर्न पाइदैन , उपभोक्ताको हितमा काम गर्ने व्यवसायीलाई धम्की दिन पाइदैन , राज्य र उपभोक्तालाई भ्रमित पार्ने यस दाबीमा राज्यले अनुसन्धान गर्नु जरुरी छ ।’

उनको यो छुटको विषयमा भने अन्य सुनचाँदी व्यवसायी तथा महासंघहरुले विरोध गरेका छन् ।
यस क्षेत्रसँग ९ वटा संघले विरोध जनाएका हुन् ।

उनीहरुले ७ प्रतिशत लगातमै सुनका गर–गहना बेच्ने अफरले व्यवसायिक एकता र एकरुपतामा गम्भिर आँच आउने बताएका हुन् ।

रिद्धि सिद्धिले विदेशबाट अवैध रुपमा गर–गहना ल्याएर कम जर्ती छुट अफरमा बेचेको हुन सक्ने समेत आरोप लगाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स