काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १९ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।