बढ्यो दुवै सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स