पोखरेल गल्लिको चिया, स्वाद २० थरिको

काठमाडौं । राजेश शर्मा (पोखरेल दाइ) काँक्रो बेच्थे । ‘काँक्रो आयो.., काँक्रो आयो…’ भन्दै चिच्च्यायो ।
उनी १३ वर्ष हुँदा खेरिको समय हो यो ।

बिक्यो भने उत्साह आउने , बिक्री भएन भने निराश हुने । त्यस समयको कुरा थियो । काँक्रो बेच्ने, मेलापात, घाँस दाउरा गर्ने उनको सानैदेखिको जीवन शैली थियो ।

यसरी काम गर्दागर्दै व्यापारमा ओर्लिएका शर्माको जीवनमा विभिन्न उतार चढावहरू आए । उनी ठूलो हुँदै गए, व्यवसाय गर्नुपर्ने भन्ने पनि लाग्दै गयो । पुख्र्योली घर स्याङजा ।

व्यवसाय गर्नुपर्छ भनेर उनी बजार क्षेत्रतिर लागे । उनको व्यापार काँक्रो बेच्ने नै थियो । गाडीमा बसेर काँक्रो आयो, काँक्रो आयो भन्दै चिच्चयाउँदै हिड्थे ।

यसरी कति दौडनु भनेर उनले फलफूल पसल नै राखे । चित्त बुझेन, अझ ठूलो व्यवसाय गर्ने योजना बनाए । २०५३ सालमा नवलपरासीको सुनवल भन्ने ठाउँमा न्यू गण्डकी गेष्ट हाउस सञ्चालन गरे । यो उनको लागि ठूलो कुरा थियो । समय बित्दैैजाँदा त्यसले पनि चित्त बुझेन । जानुपर्ने त काठमाडौं नै हो झैं लाग्यो ।

त्यसपछि काठमाडौं आएर डिल्लीबजारको बाटुलेघर अगाडी कोल्ड स्टोर सुरु गरे । व्यवसाय नचलेर भनौ वा मनले नमानेर त्यसलाई छोड्ने मनसाय बनाए । अब के गर्ने, डुल्न थाले काठमाडौं । अनामनगर पुगे ।

उनी भन्छन्,‘ त्यहाँ एउटा पोखरेल दाइले चियाँ पसल गर्नु भएको रहेछ । मलाई पनि साहै रहर भयो चिया पसल गर्न, दाइ पनि पोखरेल म पनि पोखरेल नाम पनि मिल्यो, त्यसपछि जोसिएँ ।’

उनलाई लाग्यो नामले के गर्छ र मैले त कर्म गर्ने होे । २२ हजारमा पसल किने । त्यो २०५७ सालको कुरा हो । आठ सय रुपैयाँ पसलको सटर भाडा तिर्ने । आफ्नो सुत्नेकोठाको दाम तीन सय रुपैयाँ थियो ।

तीन रुपैयाँ कप दूध चिया र २ रुपैयाँ कप कालो चिया बेच्थे । ५ रुपैयाँको दुई ओटा सादा दुनोट बेच्थे । बिहानै उठ्यो स्टोभमा दम दियो । चिया बेच्न थाल्यो उनको लामो जिन्दगी यसरी नै बितिरह्यो ।

उनी ग्राहकको सेवा गर्न तल्लिन हुन्थ्ये । त्यसैले होला एक पटक आएका कष्टुमर पुनः आइरहन्थे । नियमित कष्टुमर धेरै थिए । व्यापार फस्टाउँदै गयो । ग्राहकहरुले नै थप मेन्यूको माग गर्दै गए । उनी मेन्यू थप्दै गए ।

अनामनगरमा पोखरेलको पसल चर्चित बन्दै गयो । पसल चर्चित बनाए । दाम पनि कमाए । यसरी उनी आफ्नो हिसाबमा सफल नै भए ।

केहि समय अघि उनी विदेश घुम्न गए । घुम्न जाँदा पसल बेचेर गए । पुनः उनी नेपाल पर्किएपछि के गर्ने, यसमा भने उनी अन्योलमा परेनन् । आफ्नो सीपले ग्राहकलाई खुशी तुल्याउन खप्पिस उनले नयाँ तरिकाले व्यवसाय सञ्चालन गर्ने योजना बनाए । २०५७ सालमा २२ हजारमा अनमनगरमा पसल किनेका ती पोखरेल दाइले अहिले २२ लाख लगानी गरेका छन् ।

पहिला सबै सामानहरू सस्तो थियो । अहिलेको जस्तो सुविधा थिएन, धेरै सामग्री पनि चाँहिदैन थियो । ग्यास पनि थिएन दम दिने स्टोभ हुन्थ्यो, अहिले विद्युतबाट प्रयोग गर्न सकिन्ने विभिन्न इन्डक्सन जस्ता सजिलो चुलो आएका छन् । प्रविधिले सहज छ तर, महँगो छ ।

कष्टुमरलाई नयाँ चिनारी दिन उनले २० थरिको चियाको स्वाद दिने योजना बनाए । ‘पोखरेल मट्का चिया गल्लि’ नामबाट अनामनगर मै पुनः व्यवसाय सुरु गरेका छन् ।

उनी भन्छन्,‘ चियाको स्वादमै खेल्ने गरि व्यवसाय पुनःस्थापना गरेको हुँ ।’ उनले नयाँ व्यवसाय स्थापना गरेको पनि केहि महिना भैसक्यो ।

आएका कष्टुमरहरूले अहिलेसम्म पनि त्यस्तो कुनै पनि कुरामा खोट लगाएका छैनन् । त्यो उनी आफ्नो सम्पत्ति र आफ्नो सफलता ठान्छन् । पोखरेल गल्लिको कटिङ चिया एकदमै मन पराउँछन् कष्टुमरले ।

सन्तुष्ट भएर चिया पिउँछन् । उनी भन्छन्, ‘कहिले पनि म अगाडि भइन, सधै कष्टुमरलाई अगाडि राखे, जो आउनु हुन्छ, मेरो परिवारको सदस्यजस्तै उहाँहरूलाई मैले सकेको स्वागत, संस्कार गरेर मिठो र स्वादिदो खुवाने प्रयास गर्छु । त्यसकारण पनि म छातीमा हात राखेर गर्भका साथ भन्छु म सफल छु । कष्टुमरालाई सन्तुष्ट बनाएको छु ।’

उनले पनि अरुले जस्तै नेपालमा पाउने चियापत्तिबाटै बनाएको चिया बेचेका हुन् । तर, उनीले त्यसमा कला र स्वादको समिश्रण गरेका छन् । उनी भन्छन्,‘ जडिबुटीबाट चियाँ बनाउने गरेको छु ।’ चिया धेरै प्रकारमा बनाउन सकिन्छ । गुलियो मिठो, हामी सबैलाई पन पर्ने भनेको चिया हो ।

तर, त्यस्तो गुलियो मात्र होइन सुगर फ्रि, मिश्री चिया, नुन चियाँ लगायत २० प्रकारको स्वादिलो र मिठो चिया बनाउन थालेका छन् । उनले १९ प्रकारको मसला मिसाएर चिया बनाएका छन् । मसलामा एउटा पनि कलर नमिसाएको दावी गर्छन् ।

उनी भन्छन्, ‘म आफैले प्राकृतिक नाम दिएर बनाउछु, जस्तो गुलाफको चिया, नरिवलको चिया, तुलसीको चिया जस्ता धेरै प्रकारको चिया छ । चिया पत्तिबाट मात्रै होइन हाम्रो जडीबुटीबाट तथा अन्य उत्पादनबाट चिया बनाउन सकिन्छ ।

चियाको लागि दूध बाक्लो बनाउने तरिका पनि छ, त्यो मैले गरेको छैन् । उनले डीडीसीको दुधलाई नै पकाएर चिया बनाउने गरेका छन् ।

उनले आफूले ब्राण्डिङ गर्न खोजेको मट्का चिया हो । उनी भन्छन्, ‘आफू सानै देखि माटोमा खेलेर हुर्किएको त्यसमै जोडिन मन लाग्यो ।’

पछिल्लो समय देशभर विभिन्न रेष्टुराँहरूले माटोको कपमा चिया, माटोको हाँडीमा बिरानी, माटोको घइँटोमा दही लगायतका खानेकुरा ग्राहकलाई पस्कने क्रम बढ्दो छ । उनले पनि नेपालमै बनेको माटोको मट्कामा धेरै प्रकारका चियाको बनाउन थालेका छन् ।

भन्छन् ‘आफ्नै देशमा हामी नेपाली दाजुभाइ दिदी बहिनीले बनाएको स्वदेशी नै सामग्री प्रयोग गर्ने चाहना पनि हो । ’आफ्नो पसलका भित्ता भरी कष्टुमरका नाम लेखिएका मट्का चिटिक्क सजाएर राखेका छन् ।

भन्छन् ‘यो सम्झनाको लागि सजाएको हुँु ।’ किन भने यो एउटा चिया पसलेको र ग्राहकको चियाँ जस्तै मिठो सम्झानाका लागि सकेसम्म ग्राहकहरूलाई दुई शब्द लेखिदिनुस भन्छु । उहाँहरूले लेखनु भएको सजाए र राखेको छु ।’

उहाँहरू पनि भोलि वा केही समय पछि आउँदा हाम्रो चियाको कप खै भन्नुहुँदा धेरै खुसी लाग्छ । ग्राहक र पसलेप्रतिको मायाको लागि पनि यसरी सजाएर राख्ने गरेको उनले बताए ।

यहाँ माननीयज्यू (सांसद) , वकिल, निजामती अविसरहरू सबैजनाले चियाको कपमा धेरै माया गरेर आफ्नो माया लेखेर दिनुभएको छ । यो प्रत्येक शब्द शब्दमा माया सजाएर राखेको छु । यो चियाँ पिएर फलिएको कप हो, तर मुटुमै राख्न नमिल्ने भएर मुटु जस्तै गरी भित्तामा सजाएर राखेको हुँ । कष्टुमर नै मेरो सम्पती हो, उनी भन्छन् ।

चियासँगै अन्य खाजा पनि बनाउँछन् । ग्राहकको इच्छा अनुसार चियासँग मिल्ने बेकरी आइटम, म.म. चाउमिन, भुटेको मकै, उसिनेको मकै, कोदोको सुख्खा रोटी, मोहि, दही सकेसम्म शुद्ध अर्गानिक र स्वस्थ्यलाई ख्याल गरेर परिकार बनाउन जोड दिएका छन् ।

तर, पनि उनको पसलको मुख्य आकर्षण भने विषेश गरी चिया नै हो । उनी भन्छन्, ‘ म चिया नै बनाउँछु , यसमै रमाउँछु र यसलाई नै प्रवद्र्धन गर्छु । चाहे त्यो आगामी दिनमा भिडियो मार्फत नै किन नहोस् ।’

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स