नेपाली चिनी बजारमा, भारतबाट आयात गर्न सरकारकै आग्रह

काठमाडौं । यो  चिनी अभाव हुने समय होइन । तर, भारतबाट चिनी आयात गर्न सरकारले नै आग्रह गरिरहेका छ ।
नेपालका चकलेट, बिस्कुट उद्योग तथा पेयपदार्थ उत्पादन गर्ने कम्पनीहरुलाई सरकारले आयात गर्न भन्दै सूचना जारी भएको छ ।

गत दसैं अघि नेपालमा चिनी आयातको चरम अभाव रहँदा भारत सरकारले नेपाललाई चिनी बिक्रि गर्नेे प्रतिवद्धता जनाएको थियो । दसैं अघि नेपालाई २५ हजार मेट्रिकटन चिनीदिने बताएको थियो । उक्त कुल परिमाणमा ६ मेट्रिकटन चिनी आयात भएको छ ।

बाँकी रहेको १९ हजार मेट्रिटकन चिनी आयात को प्रक्रिया नै अघि बढेको थिएन । सरकारले आयात गर्न चाहनेको लागि आवेदन दिन समेत भनेको थियो । तर, धेरै आवेदन परेन । अहिले पुन: नेपाल सरकारले आवेदनको माग गरेको हो ।

नेपालको आग्रह बमोजिम भारतले चालू आर्थिक वर्षको लागि मात्रै २५ हजार मेट्रिकटनको कोटा दिएको र आर्थिक वर्ष सकिन लागेकोले नेपाल सरकारले आवेदन माग गरेको हो ।

उद्योग विभागबाट जारी भएको सूचनामा ‘भारतले औद्योगिक कच्चा पदार्थको रुपमा २५ हजार मेट्रिकटन चिनी नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ । सोही अनुसार त्यसमध्ये १९ हजार मेट्रिकटन चिनी कच्चा पदार्थको रुपमा नेपालमा ल्याउन चाहने उद्योगहरुसँग उद्योग विभागले आशयपत्र पेश गर्नुपर्ने छ ।’

७ दिने सुचना जारी गर्दै भित्र आशयपत्र बुझाउन आग्रह गरेको छ । उद्योगको नाम, ठेगाना, सम्पर्क नम्बर आवश्यक नम्बर उल्लेख गर्न भनिएको छ ।

भारतको नेशनल कोअपरेटिभ्स एक्पोर्ट लिमिटेडसँग चिनी आयात गर्न सरकारले भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स