काठमाडौं । यो साता सुनमा लगानी गर्नेले प्रतितोला ३ हजार रुपैयाँ कमाएका छन् । एक सातामा सुनको मूल्य ३ हजार रुपैयाँ वृद्धि भएको हो ।
आइतबार १ लाख ४२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन शुक्रबार १ लाख ४५ हजार रुपैयाँमा कारोवार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य स्थीर रहेन । कुनै दिन घट्ने र कुनै दिन बढेने क्रम जारी नै रह्यो ।
साताभरिमा सुनको कारोबार गर्नेहरु नाफामा गएको देखिएको हो ।
कुन दिन कति मूल्यमा कारोबार
शुक्रबार छापावाल सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको हो। सुनको मूल्य १ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुन चाँदी कारोबार हुने साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार सुनको मूल्य १७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्यो । उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रूपैयाँमा किनबेच भएको थियो ।
बुधबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
मंगलबार पनि सुनको मूल्य १७ सय रुपैयाँले बढेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
कारोबार हुने साताको पहिलो दिन आइतबार पनि छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको थियो । त्यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रूपैयाँमा किनबेच भएको थियो ।