काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ४२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ५० रूपैयाँ कायम भएको छ ।