तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स