काठमाडौं । सरकारले आगामी आवमा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान दिनको लागि ११ अर्ब रुपैया छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सहुलियतपूर्ण कर्जाको ब्याजमा छुट दिनको लागि सो रकम छुट्याएका हुन् ।
सरकारले चालु आवमा यस्तो ब्याज अनुदान दिएको छैन । सोही कारण बैंकहरूले यो आवमा यस्तो कर्जा दिएका छैनन् ।