काठमाडौं । लक्ष्मी पुजाको दिन (बिहीबार) छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।