काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढे १ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।