सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स