सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार सुनको मूल्य घटेको थियो। उक्त दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ७०० रूपैयाँ घटेको हो। शुक्रबारको तुलनामा भने आज सुनको भाउ प्रतितोला १ हजार ६०० रूपैयाँ बढेको हो।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स