काठमाडौं । कुकुर तिहारको दिन (बुधबार) छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।