काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ३९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ ।