काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ४५ रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।