काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ३८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १७ सय ४५ रूपैयाँ कायम भएको छ ।