काठमाडौं । नेपाली बजारमा अहिले चाउचाउ र वाइवाइ पर्यायवाची शब्द बन्न पुगेको छ । चाउचाउ भन्ने वित्तिकै वाइवाइ नै हो भन्ने बुझाइ छ ।
होटलमा चाउचाउ खानेले वेटरलाई सिदै वाइवाइ खाउन आज, वाइवाइ साँधिदिनोस्स्ता अर्डर गर्छन् । पसलमा अन्य ब्राण्डलाई समेत वाइवाइको नामले पुकार्न थालेको सुनिन्छ । यसरी नेपालमा चर्चित बनेको वाईवाई चाउचाउ अब नेपालमा मात्रै छैन ।
यो विश्व बजार चर्चित बन्दै गैरहेको छ । विश्वकै सबै बजारमा अहिले वाइवाइ पाइन्छ । तर विश्वको मानिसहरु नै वाइवाइको स्वाद लिन लालायित छन् ।
सिजी ग्रुप अन्तर्गतको सिजी फुड्स प्रालिले नेपालमा उत्पादन गर्दै आएको छ । वाइवाइ नेपालमा उत्पादन भएर मात्रै विदेश निर्यात भएको भने होइन । नेपालमा उत्त्पादन भएको वाइवाइ विदेश निर्यात त हुन्छ नै विश्वको अन्य धेरै स्थानमा समेत उत्पादन भैरहेको छ ।
विश्व भरिमा ६ देशको १३ स्थानबाट वाइवाइ उत्पादन हुँदै आइरहेको छ । यसरी नेपाली ब्राण्डमा विश्व चिनारी बन्दै गैरहेको वाइवाइको इतिहासको कुरा गर्दा सन् १९८४ मा सीजी फुड्स कम्पनीले ललितपुरको भैँसेपाटीबाट थालेको थियो ।
त्यस समयमा वाइवाइ उत्पादन सुरु भएपछि अहिलेसम्म यसको बजार विस्तार हुँदै विदेशमा समेत पुगेको छ । यसको संजाल विस्तार हेर्दा सन् १९९३ मा नवलपरासीमा अल्ट्रा मोर्डन इन्डस्ष्ट्रियल पार्कमा स्थापित वाइवाइका प्लान्टहरु स्थापना भए ।
त्यसपछि यो नेपालमा मात्रै रहेन । चौधरी ग्रूपले विश्व बजारमा माग बढिरहेको आँकलन गरेर छिमेकी देश भारतमा समेत नयाँ प्लान्ट सुरु गर्यो । सिक्किममा सन् २००६ अप्रिलमा सीजी फुड्स इन्डियाले खोलेको पहिलो कारखानाबाट सुरु गरेको थियो । जसमा वार्षिक ११ हजार टन तयारी चाउचाउ उत्पादन हुँदै आइरहेको छ ।
लगत्तै चौधरी ग्रुपले उत्तराखण्डस्थित रुद्रपुरमा उत्पादन सुरु गर्यो । आसाममा तेस्रो प्लान्ट खुल्यो भने अन्य राज्यहरुमा समेत वाइवाइका प्लान्ट विस्तार भए ।
यसरी भारतमा संजाल विस्तार भैरहँदा सीजीले नेपालमा पनि व्यवसाय विस्तारमा कुनै कसुर बाँकि राखेन । यसले नेपालबाट तेस्रो मुलुकमा भैरहेको मागलाई ध्यानमा राखेर नेपालमा समेत संजाल विस्तार अघि बढायो । बर्दियाको बाँसगढी र सुनसरीसम्म अहिले नेपालमा १० वटा प्लान्टबाट वाइवाइ उत्पादन हुँदै आइरहेको छ ।
विश्व बजारको माग अनुसार नेपालर भारतमा पनि यो विस्तारलाई निरन्तता राख्दै वाइवाइ अहिले युरोसम्म पुगेको छ ।
युरोपमा सर्वियाबाट, एसियामा नेपाल र भारत, बंगलादेश र काजकस्तानबाट तथा मिडिल इस्ट इजिप्टबाट समेत वाइवाइ उत्पादन आइरहेको सिजी ग्रपले जानाकारी दिएको छ ।
नेपालले ठूला छिमेकी देशबाट फाइदा लिनसक्नुपर्छ भन्ने भनाइ नेपाली अर्थतन्त्रमा अहिले पनि छ । तर यी देशमा भएको जनसंख्यालाई पर्यटकीय स्वरुपमा होस् वा वस्तु उपभोग गराएर नेपालले आर्थिक फाइदा लिनुपर्छ भनिन्छ । त्यसमा नेपालले ठूलो लाभ भने लिन सकिरहेको छैन ।
तर नेपाली ब्राण्ड वाइवाइले भने भारतीय बजारको चाउचाउमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ । भारतीय बजारमा वाइवाइ दोस्रो ठूलो नूडल्स ब्राण्ड रुपमा अहिले छ ।
विश्वमा नै ठूलो मात्रामा खपत हुने ब्राण्ड बन्दै
विश्व बजारमा ब्राण्डिङ भएर बिक्री हुँदै आएको केहि खाद्य वस्तुको नाममा वाइवाइ पनि अहिले अग्रभागमा आउँछ । वार्षिक ३ अर्ब प्याकेट उत्पादन हुन्छ । बजारको माग अनुसार ३ अर्ब प्याकेट उत्पादन र खपत भैरहेको छ ।
भारत, युरोप , मिडिलइष्ट जस्ता देशमा उत्पादन भैरहेको सोहि देशको गुणस्तरमा अनुसार उत्पादन भैरहेको छ । यी देशमा उत्पादन भए पनि अमेरिका देखि अफ्रिकासम्म यसरको बजार छ । ती देशमा बिक्रि वितरण हुन पनि गुणस्तर मागदण्ड पुरा हुनुपर्छ ।
नेपालमा उत्पादन भएका र विदेशमा उत्पादन भएको दुबै प्रकारका वाइवाइ विदेश विश्वको जुनसुकै ठाउँ पुग्छ । नेपालबाट विदेश जानेले समेत वाइवाइ कोसेली लिएर जाने गरेको देखिन्छ ।
विकसित देशमा गुण्स्तरमागदण्ड पुरा गर्दै आएको वाइवाइ गुणस्तरमा संवेदनशील रहेको बताउँदै आएको छ ।
कम्पनीका अनुसार कच्चा सामान फ्याक्ट्री पुग्नु अघिदेखि नै गुणस्तरमा ध्यान दिदै आइरहेको छ । आपूर्ति गरिएका सामग्रीको पनि कम्पनीले आफ्नो गुणस्तर मापदण्डहरू पुरा गरे नगरेको सुनिश्चित गर्ने काम गर्दै आएको कम्पनीको भनाइ छ ।
प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पूरा गरेको हुनुपर्ने सीजीको मान्यता रहेको कम्पनीको भनाइ छ । सीजीका अनुसार यो निगरानी कुनै एक पसलमा मात्रै नभएर विश्व बजारमा नै हुन्छ ।
यस प्रक्रियामा दक्ष अपरेटर र कर्मचारीहरू सामेल हुन्छन्। जसले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपीअनुसार छ या छैन भनी सुनिश्चित गर्दै कम्पनी अघि बढ्ने गरेको छ ।
सर्वसाधारणसँग थप जोडिन चाहन्छ वाईवाई
चौधरी समूहले वाइवाइ चाउचाउलाई सर्वसाधारणसँग थप जोड्ने प्रयत्न सु्रु गर्न लागेको जनाएको छ । उत्पादन र बजारीकरण र उपभोग गराएर वाइवाइ र सर्वसाधारणको नाता बनाइको सिजी ग्रूप अब सर्व साधारणको समेत लगानी गराएर आफ्नो नाता मजबुत गराउन चाहिरहेको छ । उत्पादन गर्ने आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि समेत जारी गर्ने तयारी गरिरहेको छ ।
खासगरी नेपाल र भारतमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने सीजीको तयारी छ । यो वर्ष नै सेयर जारी गर्ने प्रक्रिया अघि बढाउने सिजीले जनाएको छ ।