काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ३७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १७ सय ४० रूपैयाँ कायम भएको छ ।