एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १७ सय ३५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स