काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ३६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १६ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १६ सय ७५ रूपैयाँ कायम भएको छ ।