काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १६ सय ६० रूपैयाँ कायम भएको छ ।