काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सवेरीले सेल्सवेरी टावरबाट सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आगामी वैशाख २१ गते काठमाडौं महाराजगंजमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवनको भव्य सुरुवात गर्न लागेको हो ।
उक्त अत्याधुनिक भवनमार्फत ग्राहकहरुको लागि अन्तराष्ट्रियस्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास कम्पनीले लिएको जनाएको छ ।
साथ, उक्त अत्याधुनिक भवनमा बाल मनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधासहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मुल्यमा उपलब्ध गरि ग्राहकहरुको विश्वास जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । उक्त अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ रहेको र भुई तल्ला देखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधासहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन हुनेछ । बाह्रौ तल्लामा स्वीमिंग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँ बाट काठमाण्डौ उपत्यका ३६० डिग्रिमा दृश्यावलोकन गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । उक्त अत्याधुनिक भवनमा सेल्सवेरी व्राण्डमार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास कम्पनीले लिएको छ ।
महाराजगंजमा सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको उपलक्ष्यमा कम्पनीले लक्की ड्र स्किममार्फत बम्पर पुरस्कारको रुपमा एमजी कमेट ईभी पेस ईभी कार तथा प्रथम पुरस्कार वापत सिगवे नाइनबट ई१०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।