काठमाडौं । हङकङको बोर ग्रुपले कपिलवस्तु जिल्लामा १ अर्ब ८४ करोड रुपैयाँमा होटल निर्माण गर्ने भएको छ। लगानी सम्मेलनको दोस्रो दिन नेपालको शाख समूहले हङकङको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) गरेको हो ।
एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलका तर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २०० भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।
कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन चिनियाँ युवान (१ अर्ब ८४ करोड २८ लाख रुपैयाँ ) लगानी गर्ने सम्झौता भएको छ। किरण साखःले भने, ‘आज सम्झौता भएको छ। लगानी सम्मेलनको अवसर पारेर भएको सम्झौताअनुसार अब होटल परियोजना निर्माणको प्रक्रिया अघि बढ्छ।’