एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

काठमाडौं । नेपाल हाइड्रो एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा. लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ ।

भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुनेछ ।

मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ । नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ ।

धेरै ग्राहकहरुले यस्तो पम्प खरिद गरी आफ्नो आयोजना पूरा गरी सकेको र जसले खरिद गरे उनीहरु सन्तुष्ट रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीले जनाएको छ ।

वैशाख ११ गतेदेखि वैशाख १४ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स