काठमाडौं । विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी बिक्री शुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेता मध्येको एक हो ।
विगत १८ वर्ष देखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरी ६६ राष्ट्रहरुमा १,१०० भन्दा बढि होमस्टेहरु छन् । ऐसलेको आधिकारीक बिक्रेताको रुपमा एस.एन जोशी एण्ड सनस् कम्पनी प्रा.लि.रहेको छ । विश्व विख्यात फर्निचर ब्राण्डहरुलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरुलाई नेपाली माझ साक्षत्कार गराउने यस कम्पनी विगत २० वर्ष देखि यस व्यवसायमा सक्रिय रहेको छ ।
विश्व विख्यात ऐसले ब्राण्डले नविनता, गुणस्तरियता, ग्राहक सन्तुष्टिमा विश्वभरी आफ्नो झण्डा गाडी सकेको छ । ऐसले फर्निचरले विश्वभरी करोडौं उपभोक्ताहरुको मन जिति सकेको छ । टेकु स्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ र यहाँ ग्राहकहरुले विभिन्न आधुनिक रुपमा लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहनेछ ।
ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनिय उत्पादनहरु सहित नेपालमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले जनाएको छ ।