काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ३८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय २५ रूपैयाँ कायम भएको छ ।