काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ३९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १७ सय ५० रूपैयाँ कायम भएको छ ।