२०८० सालको अन्तिम दिन सुनको मूल्यले बनायो रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । २०८० सालको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २४ सय रूपैयाँले बढेर १ लाख ३९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १७ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स