मनकामना दर्शन नेपाल उद्योग वाणिज्य महासंघद्धारा सम्मानित

काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन सम्मानित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स