फागुनसम्म १ खर्बको सामान बाहिर पठाउँदा त्रिभुवन भन्सार कार्यालय एक्लैले गर्यो २३ अर्बको निर्यात

काठमाडौं । सरकारले निर्यात पठाउने आयात घटाउने पोलिसी लिएको एक दशक बित्दा समेत लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन । नेपालमा अहिले पनि आयात निर्यातको चार्टलाई हेर्दा निर्यात नगन्य रुपमा नै देखिन्छ । यसरी हेर्दा सरकारले निर्यात बढाउन गरेको प्रयास बालुवामा पानी हाले सरह भएको छ ।

चालु आवको साउनदेखि फागुनसम्म १० खर्बभन्दा बढीको आयात हुँदा १ खर्बमात्रै निर्यात भएको छ । यसरी तथ्यांकलाई केलाउने हो भने चालु आवको सो अवधिसम्म आयातको १० प्रतिशत निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म विभिन्न भन्सार कार्यालयबाट १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

चालु आवमा भएको निर्यात गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले कम हो । गत आवको साउनदेखि फागुनसम्म नेपालबाट १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

फागुन महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोटबाट बढि वस्तु निर्यात भएको देखिन्छ भने समीक्षा अवधिमा तातो पानी भन्सार नाकाबाट ५ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको देखिन्छ ।

फागुन अन्त्यसम्म त्रिभुवन अन्तर्राष्ट्रिय एयपोटबाट २२ अर्ब ८८ करोड ६० लाख, विरगन्ज भन्सार कार्यालयबाट ९ अर्ब १ करोड ९८ लाख रुपैयाँ वस्तु निर्यात भएको छ ।

भैरहवा भन्सार कार्यालयबाट २० अर्ब ५७ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको हो । त्यस्तै विरगञ्ज भन्सार कार्यालयबाट १९ अर्ब ५८ करोड, नेपालगञ्ज भन्सार नाकाबाट १ अर्ब ५६ करोड रसुवा नाकाबाट १ अर्ब ३३ करोड र

तातोपानी भन्सार कार्यालयबाट ५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी भैरवह भन्सार कार्यालयबाट १ खर्ब ५८ अर्ब ७६ करोड ६२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

विराटनगर भन्सार कार्यलयबाट यो अवधिमा १ खर्ब १२ अर्ब ४५ करोड २२ लाख, त्रिभुवान अन्तराष्ट्रिय एरपोटबाट ९१ अर्ब ९४ करोड, नेपालगन्ज भन्सार कार्यालयबाट ४६ अर्ब १७ करोड १३ लाख, रसुवा भन्सार नाकाबाट ३५ अर्ब २७ लाख, मेची भन्सार कार्यलयबाट २८ अर्ब ७७ करोड ९८ लाख, तातो पानी नाकाबाट २३ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो ।

कैलाली भन्सार कार्यालयबाट १४ अर्ब ७४ करोड २३ लाख, कृष्णनगर भन्सार कार्यालयबाट १३ अर्ब ८९ करोड, जलेश्वर भन्सार कार्यालयबाट ६ अर्ब ४१ करोड २० लाख, कञ्चनपुर भन्सार कार्यालयले १ अर्ब १६ करोड १० लाख र विभिन्न अन्य नाकाबाट ६ अर्ब ३९ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

चालु आवको (साउनदेखि फागुन) अन्त्यसम्म १४ वटा भन्सार कार्यालयबाट १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स