सुनचाँदीको मूल्यमा भारी वृद्वि, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २९ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रूपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १६ सय १५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १६ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स