काठमाडौं । भारतको टाइल कम्पनी, कजरिया टाईल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपिरियन्स सेन्टर’ को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।
यो कार्यक्रम कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए ।
यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज र २० भन्दा बढी ‘लाइभ मक–अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।
यसबाहेक, कजारिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरण–मैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको जनाएको छ । यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता गरेको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने जनाएको छ ।
आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै, कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ।