काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ३४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय १० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १६ सय ५० रूपैयाँ कायम भएको छ ।