काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ३१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय ३५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १५ सय ४५ रूपैयाँ कायम भएको छ ।