काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ३१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १५ सय ३५ रूपैयाँ कायम भएको छ ।