पेट्रोल, डिजेलसहित ग्यासको पनि मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपालमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलका मूल्य ३÷३ रूपैयाँले बढेर क्रमशः १३३ रूपैयाँ, ११६ रूपैयाँ र ११६ रूपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५ सय रूपैयाँ पुगेको छ । यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५ सय रूपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाले ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ प्रति किलोलिटर कायम भएकोे
निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट वृद्धि वृद्धि भई आएकोले सो मूल्य समायोजन गरेको थिएन । पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले मूल्य बढाएको हो ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ११.६७ रुपैयाा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४६१.२२ घाटा हुने निगमले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर नेपालमा पनि मूल्य वृद्धि गर्नुपर्ने बाध्यतामा निगम पुगेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स