फागुन महिनामामात्रै आयो साढे ६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । फागुन महिनामात्रै प्रत्यक्ष विदेशी लगानी(एफडीआई)का १२ वटा नयाँ उद्योग दर्ता भएको छन् । फागुन महिना दर्ता भएका ती उद्योगमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ प्रतिवद्धता भएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक महिनामा आएको यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताले देशमा लगानीको वातावरण बन्दै गएको झल्काएको छ ।

चालु आर्थिक वर्षको (साउनदेखि फागुन) मसान्तसम्म २५३ वटा वैदेशिक लगानीका उद्योगहरू दर्ता भएका छन्। नयाँ दर्ता भएको ती उद्योगबाट २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको हो ।

चालु आवको फागुनमसान्तसम्म ४ खर्ब ७९ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता आएको छ । ६ हजार ११२ वटा उद्योगमार्फत वैदेशिक लगानी भएको हो । फागुन अन्त्यसम्म नयाँ दर्ता भएको एफडीआईबाट ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख रुपैयाँ पुगेको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी माघ महिनाको अन्त्यसम्म ६ हजार ९८ वटा उद्योगमार्फत वैदेशिक लगानी भएको थियो । माघ अन्त्यसम्म दर्ता भएको एफडीआईबाट ४ खर्ब ७२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ पुगेको थियो । माघ महिनामात्रै १५ वटा उद्योगमार्फत वैदेशिक लगानी भएको थियो । उक्त उद्योगमार्फत ३४ करोड ५० लाख रुपैयाँ पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

पुष महिनामा २७ वाट उद्योगहरूले वैदेशिक लगानी गरेको थियो । पुष महिनामा मात्रै दर्ता भएको सो उद्योगहरूको १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ पुगेको थियो ।

मंसिर महिनाको अन्त्यसम्म ६०५८ वटा उद्योगमार्फत वैदेशिक लगानी भएको थियो । नयाँ दर्ता भएको उक्ता उद्योगमार्फत ४ अर्ब ७० अर्ब ५७ करोड रुपैयाँ पुगेको थियो ।

त्यस्तै कार्तिक महिनाको अन्त्यसम्म ६ हजार ३७ वटा उद्योगमाहरूले वैदेशि लगानी गरेका थिए । कार्तिक महिनाको अन्त्यसम्म दर्ता भएको ३७ उद्योगहरूको ४ अर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स