देशमा सुशासन कायम गर्न सके लगानीकर्ताको आत्मबल बढ्छ, लगानी आउँछः भवानी राणा

पछिल्लो समय देशमा सरकारको सत्ता समीकरण परिवर्तन भएको छ । यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने उद्घोष गरेका थिए । नयाँ गठबन्धनबाट अर्थमन्त्री बनेका वर्षमान पुनले पनि पदभार ग्रहण कै अवसरमा लगानी सम्मेलन गर्ने बताइसकेका छन् । सरकारले तेस्रो पटक गर्न लागेको लगानी सम्मेलनका लागि सरकारले गर्नुपर्ने अत्यावश्यक काम र निजी क्षेत्रको भुमिकाका विषयमा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष तथा निजी क्षेत्रबाट लगानी बोर्डमा सदस्यको प्रतिनिधित्व गरिरहेकी भवानी राणासँग हाम्रोअर्थले गरेको कुराकानीको सारः

हामीले लगानी सम्मेलनको लागि गर्नुपर्ने तयारी के के हो ?
हामी जस्ता देशहरूले बेला बेलामा लगानी सम्मेलन गर्नुपर्छ । देशमा लगानी भित्र्नु भनेको अर्थतन्त्रको लागि पनि राम्रो कुरा हो । नेपालमा लगानी सम्मेलन गर्ने वातावरण छ भनेर अन्तराष्ट्रिय स्तिरमा राम्रो सन्देश जानुपर्छ । यद्यपि हामीले लगानी सम्मेलन गर्नु भन्दा अगाडी पूर्व तयारी गर्न आवश्यक छ । लगानीका लागि हाम्रा के के त्रुटीहरू छन्, ऐन, कानूनहरूका नीतिगत कुरा लगायत धेरै कुराहरू सुधार्नु पर्छ । लगाी सम्मेलन अगाडि नै यी कुराहरू सुधार्नु पर्ने हुन्छ ।

त्यसैले हामीले पहिले भएका कमी कमजोरीहरूलाई औलाएर कानुनहरूलाई परिमार्जित गरी उनीहरूलाई आत्मविश्वस दिलाउनु पर्छ । लगानी गर्ने वातवरण बनेपछि मात्रै लगानी सम्मेलन गर्नुपर्छ । लगानी सम्मेलन गरेर यति खर्ब उति खर्ब लगानी ल्याउछु भनेर मात्र हुँदैन । प्रतिवद्धताअनुसारको लगानी आयो कि आएन, कस्ता क्षेत्रमा कस्तो लगानी आयो, यसले कति उत्पादन बढाउँछ वा रोजगारी सिर्जना गर्छ यी सबै कुरामा ध्यान पुर्याउनु पर्छ ।

सरकारबाट लगानी गर्ने वातावरण उचित समयमा बनेन भने र विनियोजन भएको बजेट खर्च गर्न सकिएन भने त्यसको औचित्य रहँदैन । त्यसकारण निजी क्षेत्रले जहिले पनि सुझाबहरू दिने गरेको छ । प्रधानमन्त्री केहि समय अघि हामीलाई बोलाउनु भएको थियो । त्यहाँ गएर हामीले कृषि, उद्योग लगायत विभिन्न क्षेत्रमा लगानी गर्न यो यो कानुन तथा नीति नियममा परिमार्जन गर्नुपर्छ भनिसकेका छौं । नयाँ अर्थमन्त्रीले पनि लगानी सम्मेलनको विषयमा बोलिसक्नु भएको छ ।

यस अघि दुई वटा लगानी सम्मेलन भयो, तर प्रतिवद्धता अुनसारको लगानी आउन सकेन यसमा के कस्तो त्रुटिहरू भए ? प्रतिवद्धता जनाएको लगानी आउन नसक्नुमा सरकारको कमजोरी हो या निजी क्षेत्रको ?
लगानीका लागि निजी क्षेत्रमा कुनै समस्या छैन् । निजी क्षेत्रलाई बिजनेश व्यापार गर्न सल्लाह सुझाब दिइरहेका हुन्छौं । विभिन्न फोरमकहरूमा पनि हाम्रो छलफल हुन्छ । सरकारको पनि केहि कमजोरीहरू देखिएका छन् । नीतिगत विषय र पोलिसीको कुराहरू अझै सुधारिएको छैन् । लगानीका लागि बाधा रहेका पोलिसी वान टू वान परिमार्जन तथा संशोधन गर्नुपर्छ । मन्त्रालयहरूबीच समन्वय र स–सम्बन्धको आवश्यकता छ ।

लगानीकर्ताले सहज लगानीका क्षेत्र रोज्छन्, सम्भावना र अवसर खोज्छन् । लगानीका लागि लगानीकर्तालाई एकद्वार प्रणालीमार्फत सेवा दिनुपर्छ । यहाँ लगानी गर्नको लागि धेरै झण्झट र बाधा अड्चन छन् । लगानीका लागि लगानीमैत्री वातावरण पहिलो शर्त हो । उद्योग विभागमा पाँच अर्ब भन्दा माथिको लगानी दर्ता गर्नु पर्यो ।

लगानी बोर्डलाई अलि बलियो बनाउनु पर्याे, जस्ले गर्दा लगानी गर्न आएका लगानीकर्ताहरूको सबै व्यवस्थापन एकद्वार प्रणालीमार्फत नै दिन सकियोस् । अहिले लगानी गर्नेलाई नेपालमा मात्र स्पेस नभएर अन्य देशमा पनि उत्तिकै अवसर छ । लगानीकर्ताहरू जहाँ लागनी गर्न सहज हुन्छ त्यहि ठाउँमा जान्छन् । त्यस्ता कुराहरूमा सरकारले विशेष ध्यान दिन आवश्यक छ । आज भन्दा पहिला पनि लगानी सम्मेलनहरू भए । त्यतिबेला धेरै त्रुटिहरू भएका छन् । त्यस्ता त्रृटीहरू कम गर्न सरकारले पहिला नीति नियमदेखि आफ्ना व्यवहारमा परिर्वतन गर्नु पर्यो । लगानी गर्नलाई सरकरा राम्रो चाहिन्छ । यि नै कुराहरूलाई सरकारले सुधार्नु पर्छ । लगानी सम्मेलन गर्नु भनेको राम्रो कुरा हो ।

तपाईको नजरमा हाम्रा त्रुटिहरू के–के हुन त ?
सबैभन्दा पहिला नीतिगत रुपमा सुधार गरेर लगानीमैत्री वातावरण बनाउनु पर्छ । उद्योग सञ्चालनका लागि जग्गाको आधिकारी नीतिहरूलाई एकचोटी हेर्नुपर्ने हुन्छ । हामीले भनिसकेका छौं त्यसलाई पनि सरकारले परिमार्जित गर्नुपर्यो । अर्को लगानी गर्नका लागि सुशासन पनि उत्तिकै आवश्यक छ । सुशासन कायम भएमा लगानीकर्ताको आत्मबल बढ्छ ।

स्थानीय लगानी नै नाजुक भइरहेको अवस्थामा आन्तारिक लगानी नै अप्ठ्यारोमा परेको बेला बाह्य लगानी ल्याउन सरकारले विश्वास दिलाउनु पर्छ । त्यसकारणले लगानी सम्मेलन गर्न नीति नियम बलियो बनाउर्नुपर्छ । कुनै पनि व्यक्तिले आएर लगानी गर्छु भन्दा वा कुनै कम्पनीले इन्भेष्ट गर्न चाहेको अवस्थामा सबै दर्ता पक्रिया एकद्वार प्राणलीबाट भइदिए सहज हुन्छ । तर अहिले सम्म पनि भएको छैन् । लगानीकर्ताहरू एक मन्त्रालयबाट अर्को अर्को मन्त्रालय र अर्को संस्थामा दौडिएर थाकित हुन्छन् ।

लगानीका लागि आवश्यक देखिएको क्षेत्रहरू कुन कुन हन् ?
हाइड्रोपावर हो, हाइड्रोपावरमा त लगानी आइनै रहेको छ । यस क्षेत्रमा पहिलाको भन्दा धेरै सुधार भइसकेको छ । हाइड्रोपावर बाहेक अन्य क्षेत्रमा सोच्नुपर्ने हुन्छ जस्तो पर्यटन क्षेत्रमा पनि ठूला ठूला होटल बनेका छन् । लगानीका लागि पूर्वाधार निर्माणदेखि लोनसम्म सबैकुराको व्यवस्था गर्नु पर्ने हुन्छ । सरकारलाई कर तिर्न सक्ने काविल बनाउनु पर्छ । अर्को लगानीका लागि नयाँ प्रविधिको आवश्यक हुन्छ । भ्यालु एड गर्ने उद्योगहरू स्थापना गर्नुपर्छ । प्राविधिक औजारहरू ल्याउन सकियो भने कृषि र जडिबुटीमा पनि लगानी गर्ने सकिने सम्भावना देखेको छु । आईटी क्षेत्रेमा पनि लगानी गर्ने सकिने संम्भावना प्रशस्त छ ।

लगानी सम्मेलनमा निजी क्षेत्रको भुमिका कस्तो हुनुपर्छ ?
लगानी सम्मेलनको मुख्य पाटो निजी क्षेत्र हो । लगानी सम्मेलनमा निजी क्षेत्रले पनि एक किसिमको प्रथामिकता पाएको छ । लगानी सम्मेलनमा निजी क्षेत्रको भुमिका गहन छ । सरकारले लगानी गर्ने लगानीकतालार्ई विश्वास दिलाउन सक्नुपर्छ । अहिले नयाँ सरकार आएको छ । नयाँ सरकारले लगानी क्षेत्रमा आत्मबल दिलाउनु सक्नुपर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स