काठमाडौं । सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दूमा पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेर उच्च मूल्यमा कारोबार भएको हो ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार५ सय रूपैयाँले बढेर १ लाख २५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १४ सय ७० रूपैयाँ कायम भएको छ ।