काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख २३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ४० रूपैयाँ कायम भएको छ ।