काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख २१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ ।