काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
बिहीबार,छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।