उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता विजयी

काठमाडौं । उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । संघका पूर्वअध्यक्षसमेत रहनुभएका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएका हुन ।

गुप्ताले एक हजार २४६ मत र उनका निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका छन् । संघको ५४/५५औँ साधारणसभा तथा अधिवेशनबाट गुप्ता तीन वर्षे कार्यकालका लागि विजयी भएका हुन् ।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिहं रानाभाट विजयी भएका छन् । त्यस्तै वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाईं विजयी भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स