नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३३, ३४ र ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा फागुन ६ गते अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत सम्पन्न भएको हो ।

सभामा सेयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७७/७८, २०७८/७९ र २०७९/८० मा विगतमा इण्डियन आयल कर्पोरेशन लि.बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए ।

साथै यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आ.ब. २०७९/८० मा बिक्री बृद्धि भएको उनले सभालाई जानकारी गराए । साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको बताए ।

त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताउँदै अब वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको जानकारी गराए ।

साथै सेयरधनीहरूको तर्फबाट डमरू बल्लभ घिमिरे र देवेन्द्र कोइरालाले मन्तब्य दिएका थिए भने घिमिरेले समय सापेक्ष बजारको मागअनुसार अगाडी बढ्नु पर्ने सुझाव दिए । त्यसैगरी उनले कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार अगाडी बढाउनुका साथै कम्पनीको काममा लगनशील भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी सभामा ३५% सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट अशोक कुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भए । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्य चयन भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स