नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका, डोलप्रसाद र शत्रुध्न सिफारिस

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम ३ जनको नाम छनोट भएको छ । गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १३ जना मध्ये पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि आज अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो । आगामी मन्त्रिपरिषद् बैठकले यी ३ मध्ये एक निगमको कार्यकारी निर्देशक नियुक्त हुने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स