काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख १६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ ।