मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा र ईपीएस दुबै बढ्यो

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ऋणात्मक रहेको कम्पनीको खुद नाफा र ईपीएस दुबै चालु आर्थिक वर्षको सोही अवधिसम्म धनात्मक भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ लाख रुपैयाँ धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ । कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४१ पैसा सुधार भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा रहेको छ ।

७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स