काठमाडौं । नेपालमा पछिल्लो समय नेपाली कार्पेटको बजार बढ्दो छ । नेपालको प्रमुख निर्यातयोग्य वस्तुको रूपमा रहेको नेपाली गलैंचा निर्यातबाट देशले वर्षमा नौ अर्ब रुपैयाँ कमाउँदै आएको छ । गत आवमा नेपालबाट कुल ११ अर्ब ५० करोडको नेपाली कार्पेट निर्यात भएको थियो । अघिल्लो आवमा ९ अर्ब ५६ करोड रुपैयाँको कार्पेट निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आवको पहिलो ६ महिनामा ५ अर्ब २२ करोड ९६ लाख रुपैयाँको नेपाली गलैंचा निर्यात भएको हो । गत आवको सोहि अवधिको तुलनामा ६.९ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९ साउनदेखि मंसिर महिनासम्म ५ अर्ब ४६ करोड ६ लाख रुपैयाँको कार्पेट निर्यात गरेको थियो । यस आवमा बजार घटेपनि समग्रमा नेपाली गलैंचाको माग दिन प्रतिदिन विदेशी बजारमा बढ्दो छ । नेपाली गलैंचाले ट्रेडमार्क पाएपछि अबका दिन बजार अझ विस्तार हुने देखिएके हो ।
क्लासिक कस्टम रग्स कम्पनीको म्यानेजर राज कुमार श्रेष्ठ भन्छन् ‘वाषिक ३५०० वर्ग मिटर कार्पेट बाहिरी मुलुकमा निर्यात गर्छौ ।’ यस उद्योगमा १८ वर्ष माथिको उमेर भएका महिला पुरुष दुवै गरी १३० जनालाई रोजगारी दिएका र्छौ ।’
कार्पेट उत्पादन गर्न धेरै कुराहरूको चुनौतीहरु समाना गर्नुपर्ने हुन्छ । जस्तो दक्ष कामदार, प्रतिस्पर्धी बजार, कार्पेट उत्पादन गर्ने कच्चा पदार्थ । काठमाडौंमा मात्र नभएर अन्य जिल्लाहरूमा पनि कार्पेट उत्पादन गर्न सकिन्छ, तर कार्पेट उत्पादन गर्न प्रशस्त कामदारहरुको अभाव हुन्छ, साथै ढुवानीले गर्दा पनि अन्य स्थानमा कार्पेट उत्पादन गर्न सकिने अवस्था छैन त्यसकारण पनि कार्पेट उत्पादन गर्न काठमाडौं नै उपयुक्त देखिन्छ ।
श्रेष्ठ भन्छन् ‘सरकारले कार्पेट उद्योग उत्पादन कर्ताहरूलाई सकेसम्म कम दरमा कर निर्धारण गरिदिए, नगद प्रोत्साहान प्रतिशतमा थप गरिदिए उद्योगहरूले अझ बढि उत्पादन गरेर बाहिरी मुलुकमा कार्पेट निर्यात गर्दा देशको आर्थिक विकासमा टेवा मिल्नुका साथै रोजगारी पनि सिर्जना हुन्छ ।
यसरी रेमिटेन्स भित्राएर देशको आर्थिक उन्नती भयो भनी दैनिक नव युवा जवानहरू विदेशी भूमिमा रोजगारको लागि जानु पर्ने स्थिति हुदैन थियो । स्वदेशमै प्रसस्त रुपमा कल कारखाना, उद्योगहरू राम्रोसँग संचालन भईदिए हुन्थ्यो । सबै युवाहरूले सानो तिनो रोजगारी पायो भनी त अवस्य आफ्नौ देशमा जिविकोपार्जन चलाई आफ्नो घर परिवार सँगै बस्न सकिने ‘ श्रेष्ठ बताउछन् ।
कार्पेट उत्पादन गर्न कच्चापदार्थहरू पसमिना, चाइनिज सिलिक र ऊन धागो मिसाएर उत्पादन गर्न मंहगो पर्छ । एक वर्ग मिटर कार्पेट उत्पादन गर्नलाई पाँच केजी धागो लाग्छ । एक वर्ग मिटर कार्पेटको ज्याला, वासिङ, प्याकिङ, डिजाइन, रोलिङ, कटिङ लगायत सबै खर्च कटाएर ३० हजार रुपैयाँसम्म पर्न सक्छ ।
पछिल्लो समय होटल, घर, कार्यालयदेखि विभिन्न एक्जिभिसनहरूमासमेत नेपाली कार्पेटको प्रयोग भएको देखिन्छ । भुई सजावटमा प्रयोग गरिने कार्पेट उत्पादन गर्ने सम्पूर्ण कच्चा पदार्थहरू नेपालका हिमाली जिल्लाबाट खरिद गरेर ल्याएर उत्पादन गर्ने गरेको हो । यस कम्पनीमा उत्पादन भएको कार्पेटहरू अमेरिका, क्यानडा, युके, रसिया, र चाइनामा निर्यात गरेका छ ।
सन् १९६० तिर तिब्बती शरणार्थीले नेपालमा गलैंचा उत्पादन सुरू गरेको इतिहास पाइन्छ । सरकारले ललितपुरको एकान्तकुनामा सन् १९६७ मा (ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टर )को स्थापना गरेको थियो । ‘स्विस’ सरकारको सहयोगमा स्विस एसोसिएसन अफ टेक्निकल असिस्टेन्ट (साटा) ले तिब्बती शरणार्थीलाई गलैंचा बुन्न तालिम दिएको हो ।
त्यतिबेला साटाले सोलुखुम्बु च्याल्सा, ललितपुर जावलाखेल, कास्की हेम्जा र बाग्लुङ ढोरपाटन गरी चार ठाउँमा गलैंचा बुन्ने तालिम दिएको थियो। शरणार्थीले तालिम लिएपछि जावलाखेल ह्यान्डीक्रफ्ट, बौद्ध ह्यान्डीक्राफ्टजस्ता कम्पनी स्थापना र बिस्तारै निजी क्षेत्रबाट पनि धेरै गलैंचा उद्योग सञ्चालनमा आए । तिब्बती शरणार्थीलाई तालिम दिन सुरु भएदेखि काठमाडौंमा कार्पेट व्यवसाय सुरु भएको हो।
\काठमाडौंमा गलैंचा (कार्पेट) बुन्न थालेको १० वर्षसम्म निर्यात हुन सकेको थिएन तर कार्पेट प्रदर्शनी र आन्तरिक व्यवसाय भने राम्रै सुरु भइसकेको थियो । कार्पेट प्रदर्शनी खासगरी काठमाडौं इन्द्रचोकमा हुने गरेको थियो ।
सन् १९८० र ९० को दशकसम्म नेपाली कार्पेट उद्योग दिन प्रतिदिन बढदै गएको थियो । विस्तारै उत्पादन हुन थाले पछि जनमोरक्कोको कार्पेटले लिएको बजार नेपाली कार्पेटले लिन थाल्यो। नेपाली कार्पेटको निर्यात युरोपेली देशमा बढी हुन थाल्यो। खासगरी जर्मनीमा यहाँको हाते बुनाइका कार्पेट बढी रुचाइए ।
सन् १९९४ सम्म मुलुकमा १० हजारभन्दा धेरै गलैंचा उद्योग संचालन भएको थिए भने ४ लाखभन्दा धेरैले प्रत्यक्ष रोजगारी समेत पाएका थिए । त्यो बेलामा ३६ लाख वर्गमिटरसम्म कार्पेट निर्यात भएको कार्पेट व्यवसायीहरू बताउँछन् ।
आर्थिक वर्ष २०७९/८० मा नेपालबाट विभिन्न मुलुकमा ४ अर्ब ७८ करोड रुपैयाँको कार्पेट निर्यात भएको थियो । आर्थिक वर्ष २०७८ को पहिलो ५ महिना (साउनदेखि मंसिर महिनासम्म ३ अर्ब ७३ करोड ३७ लाख रुपैयाँको नेपाली गलैचा निर्यात गरेको थियो । आर्थिक वर्ष २०७७ मा नेपालबाट ३ अर्ब १० करोड ५० लाख रुपैयाँकोे कार्पेट निर्यात गरेको थियो । २०७६ सालको पहिलो पाँच महिनामा ३ अर्ब २२ करोड रुपैयाँको नेपाली गलैचा निर्यात भएको थियो ।
नेपालबाट विशेषगरी अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटली, भारत, स्वीट्जरलेण्ड, चाइना, थाईलेण्ड, सिंगापुर, टर्की, क्यानडा , हङकङ लगायत ४८ मुलुकमा कार्पेट निर्यात हुन्छ ।
५ वर्षको पहिलो ६ महिनामा निर्यात भएको नेपाली गलैचा