काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।